समाचार

बोक्सी लागेको भन्दै बुहारीले गरिन सासुको हत्या

बोक्सी लागेको भन्दै बुहारीले गरिन सासुको हत्या


दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेकी छन् । उपमहागनरपालिका-९ बेलुवाकी ६९ वर्षीया सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी ४० बर्षकी टंकी रावतलाई प्रहरीले पक्राउ गरेको छ । 

 

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । 

दाङ तुलसीपुर उपमहानगरपालिका