समाचार

बलात्कार अभियुक्त तीन महिनापछि पक्राउ

बलात्कार अभियुक्त तीन महिनापछि पक्राउ

नुवाकोट । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सोमबार नुवाकोट ल्याइएको छ । 

 

गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका-१ उर्लेनीका विनोद तामाङलाई काठमाडौंंको भृकुटीमण्डप क्षेत्रबाट आइतबार राती पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । 

 

अभियुक्त तामाङलाई सोमबार अदालतमा पेश गर्दा अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ । तामाङले किशोरीलाई घरमा कोही नभएको बेलामा जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ । 

 

तामाङविरुद्ध पीडित पक्षले गत असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । पक्राउ परेका तामाङमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जबर्जस्ती करणी नुवाकोट