समाचार प्रवास

साउदी जेलमा रहेका घर्ती ६७ लाख ब्लडमनि तिरेपछि रिहा

साउदी जेलमा रहेका घर्ती ६७ लाख ब्लडमनि तिरेपछि रिहा

रियाद । ब्लडमनी तिर्न नसक्दा २ बर्षदेखि साउदी जेलमा रहेका धवाङ-१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन् । 

 

साउदीको रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सवारी दुर्घटना हुँदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

 

घर्ती विरुद्ध दायर मुद्दामा अदालतले ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएपछि दुई बर्षदेखि साउदी जेलमा जेल जीवन बिताउदै आएका उनी सनिश्चवार ब्लडमनि बुझाएपछि रिहा भएको साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

 

जेलबाट रिहा भएका घर्तिलाइ आवश्यक कानूनी र कागजी प्रक्रियाका लागि साउदी स्थित ट्राफिक प्रहरी कार्यलय लगिएको र केहि दिनमा सबै प्रक्रिया पूरा गरि नेपाल फर्काइने दूतावास स्रोतले बताएको छ।घर्ती साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा रिहा भएका हुन् । 

 

घर्तीलाई बचाउन नेपाल सहित विभिन्न देशमा रहेका नेपालीहरुले ब्लडमनि सङ्कलन गरि बुझाएका थिए ।

दिलबहादुर घर्तीमगर