समाचार समाज

सीमावर्तीबाट लागूऔषधसहित युवक पक्राउ

सीमावर्तीबाट लागूऔषधसहित युवक पक्राउ

लहान । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रतिपत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 

लागूऔषध भारतीय सीमावर्ती सिरहा