समाचार राजनीति

केन्द्रदेखि तहसम्म छिट्टै एकता हुन्छ : प्रचण्ड

केन्द्रदेखि  तहसम्म छिट्टै एकता हुन्छ : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी अझै सशक्त हुँदै जाने बताएका छन् । मंगलबार वीरगंजमा नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई शसक्त र बलियो बनाउन गृहकार्य भइरहेको दाबी गरेका हुन् ।

 

उनले केन्द्रदेखि तहसम्म भदौको पहिलो साताभित्र पार्टीको एकता भइसक्ने पनि स्पष्ट पारे । उनले तलबाट सुझाव आएपश्चात ५ गतेसम्म पार्टीको एकता गरिसक्ने बताए । प्रचण्डले खाली रहेका सवैंधानिक निकायमा छिट्टै पदपूर्ती हुने स्पष्ट पारे ।

 

प्रधानमन्त्रीसँग भेटेर यसविषयमा छलफल गरेकाले छिटै नै यस विषयले पूर्णता पाउनेमा विस्वस्थ हुन सबैलाई आग्रह गरे । 
 

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड