समाचार कला साहित्य

प्रतिष्ठानलाई गाभ्न नहुने सरोकारवालाको भनाई

प्रतिष्ठानलाई गाभ्न नहुने सरोकारवालाको भनाई

काठमाडाैं । संस्कृती मन्त्री रविन्द्र अधिकारीले प्रज्ञा प्रतिष्ठानलाई गाम्ने अभिव्यक्ति दिएपछि यस विषयमा सरोकारवालाहरूको ध्यान केन्द्रित भयो  . केही प्राज्ञ तथा वर्गहरूले गाभिन’पर्ने विचार राखे भने केही पक्षको आशय भने प्रतिष्ठान गाभ्न’ ह’ँदैन भन्ने पक्षमा थियो ।

 

तर शुक्रबार नेपाल ललितकला पत्रकार समाजले आयोजना गरेको  ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र निय’क्ति प्रक्रिया’ विषयक अन्तक्र्रियाका कार्यक्रमका वक्ताहरूले भने प्रतिष्ठान गाभ्न’भन्दा थप गर्नेतर्फ सरकार लाग्न’पर्ने धारणा राखे .नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नह’ने उनीहरूको दाबी थियो नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने क’रा उपय’क्त नभएको बताए । ‘विसं २०६२/६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भ“मिकास्व?प प्रज्ञा–प्रतिष्ठान खोलिएको छ, यसलाई गाभ्ने कुरा किमार्थ हुन सक्दैन’, उनले भने, मुलुकको आवश्यकता र औचित्य भएको कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उनकोे भनाइ थियो।

 

अध्यक्ष राईले प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञको निय’क्ति गर्दा प्रज्ञा–प्रतिष्ठान बुझेको व्यक्तिलाई गर्नुपर्ने बताए । नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले कर्मचारीतन्त्रका कारण तीन प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नह’ने धारणा राखे। सरकारले कला, साहित्य, संस्कृतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनकाे भनाइ थियो । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने बताए ।

 

कार्यक्रममा नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाललगायतले देशको कला–संस्कृतिलाई विश्वमा चिनाउने थलो प्रज्ञा–प्रतिष्ठान भएकाले यसलाई एकापसमा गाभ्न नह’ने धारणा राखे । 
 

प्रज्ञा प्रतिष्ठान