पहिरोले घर पुरिदा एकै परिवारका ४ जनाको मृत्यु

पहिरोले घर पुरिदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा ८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

 

घरमाथिबाट आएको पहिरोले घर पुर्दा  खिम्ली भन्नृ ठाउँका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी  राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो ।  

 

बुधबार राति गएको पहिरोले घर पुरेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् ।  

 

उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए । पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ । 

ओखलढुंगा ४ जनाको मृत्यु

संम्बधित खबर