समाचार अपराध सुरक्षा मुख्य समाचार

विश्वकप फुटबलमा बाजी लगाउने ३ जना पक्राउ, सात लाख बरामत

विश्वकप फुटबलमा बाजी लगाउने ३ जना पक्राउ, सात लाख बरामत

काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी लगाउने काठमाडौंका प्रकट महर्जन, रेजिन महर्जन र सुजेन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरूको साथबाट  ६ लाख ९९ हजार रुपैँया नगद र ४ थान मोबाइल पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । उनीहरूलाई हिरासतमा  राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

विश्वकप फुटबल सट्टेबाजी पक्राउ