खेल मुख्य समाचार

क्वाटर फाइनलकाे लागि इङ्ल्याण्ड र काेलम्बिया भिड्दै

क्वाटर फाइनलकाे लागि इङ्ल्याण्ड र काेलम्बिया भिड्दै

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे दाेस्राे खेल इङ्ल्याण्ड र काेलम्बियाबीच हुँदैछ । नेपाली समयानुसार ११:४५ बजे रसियाकाे स्पार्टाक रंगशालामा ‍दुर्इ टाेलि क्वाटर फाइनल प्रवेशकाे लागि भिड्दै छन् ।

 

जारी विश्वकपको समूह चरणमा दुबै टोलीले गतिलो प्रदर्शन गरेका थिए । आज पनि त्यही प्रदर्शनलाई निरन्तरता दिने चुनौती छ । यसपाली समूहचरणमा इङ्ल्याण्डले पानामाविरुद्ध ६–१ काे फराकिलाे जित निकालेकाे थियाे ।

 

 बेल्जियमविरुद्ध भने १–० ले पराजित भयाे । इंग्ल्यान्डले समूह चरणका सुरुवाती दुई खेलमा जित निकालेर समूहकाे उपविजेता भन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। 

 

त्यस्तै काेलम्बिया पनि समूह चरणमा सेनेगललार्इ १–० र पाेल्याण्डलार्इ ३–० ले पराजित गरेेकाे थियाे । जापानसँग २–१ ले पराजित भएपनि समूह विजेता बन्दै काेलम्बिया अन्तिम १६ मा आफूलाई अटाएको हो । 

 

म्याच फ्याक्ट्स 

इङ्ल्याण्ड समूह ‘जी’को उपविजेता र काेलम्बिया ‘एच्’को विजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा इङ्ल्याण्ड र  काेलम्बियाले दुईमा जित र एकमा पराजय बेहोरेकाे थियाे । 

 

इङ्ल्याण्डले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध अाठ गोल गर्दा तीन गोल बेहोरेको छ । काेलम्बियाले भने विपक्षीविरुद्ध पाँचै गोल गरेको छ तर दुर्इ गोल मात्र बेहोरेको छ ।

 

इङ्ल्याण्ड र काेलम्बिया सन् १९७० देखि एकअर्कासँग ५ पटक आमनेसामने भएका छन्, जसमा इङ्ल्याण्डले ३ खेलमा जीत हासिल गरेको छ भने २ खेल बराबरीमा सकिएका छन् । 

विश्वकप फुटबल इङ्ल्याण्ड काेलम्बिया