कला साहित्य साहित्य आज

‘लौ न छिटो गर्नुस्, प्लिज सम्हाल्नुस्’ 

प्रशान्त शर्मा

‘लौ न छिटो गर्नुस्, प्लिज सम्हाल्नुस्’ 

कथा

काठमाडौं । महानगरीय संस्कृतिकी एक युवती (जो परिचित हुन्) एक दिन मेरो कोठामा आइन् र भनिन्, ‘तपाईं त उमेरले पाका मान्छे, तपाईंले मेरो जस्तो किशोर–किशोरी उमेर काटिसक्नु भएको छ । म अहिले जुन वेदनाबाट गुज्रिरहेको छु । त्यसको म व्याख्या गर्न सक्दिनँ । तापनि तपाईं एक पाका उमेरको मान्छे, हाम्रो उमेर फरक भएपनि हाम्रो दोस्ती मनन गर्न योग्य छ । त्यसैले म खुलेर, बिनाहिच्किचाहट भन्दैछु, मेरो समस्या बुझ्ने कोसिस गर्नु होला । म मेरो यौन सपनामा सधैं उडिरहेकी हुन्छु, त्यो असीमित यौन आकाशमा । जति उडेपनि गन्तव्य भेट्टाउन सकिरहेकी छैन । गन्तव्य नभेट्टाउँदा म मा असन्तोष र चिढचिढापन विकास भएको छ । के तपाईंसँग मेरो प्रश्नको जवाफ छ ? मलाई जवाफ चाहियो ? मेरो यो कुरा मेरा अग्रज वा परिवारका ज्येष्ठ सदस्यसँग राख्न सक्दिनँ । किनभने मलाई एक त लाज लाग्छ, अर्कोतर्फ वाहियात कुरा गर्न आयो भनेर कतै राम धुलाई हुने त होइन भन्ने संकोच लाग्छ ।’

 

उनले आफ्नो वेदना पोखिरहँदा म ‘हार्मोन इफेक्ट्स इन ह्युम्यान बडी’ नामक एक पुस्तक पढिरहेको थिएँ । स्वाभाविक रूपमा उनी मेरो कोठामा आएपछि मेरो एकाग्रता मोडिने त भइहाल्यो । मैले उनको कुरा ध्यान दिएर सुनँे र सोधेँ, तिम्रो केटा साथी त छैन, त्यो कुरा मलाई भलीभाँती थाह छ । तापनि तिमीमा यो चिढचिढापन कसरी विकास हुन गयो ? यो मेरा लागि अनुसन्धानको विषय हो । म एक पाका मान्छेको नाताले उनको नदी रूपी तेज वेगको प्रश्नको उत्तर दुई शब्दमा दिन गाह्रो प¥यो मलाई । म एकछिन शून्यमा हराएँ जस्तो भयो र फेरि आफूलाई सम्हालेर उनलाई सोध्न थालेँ, ‘खासमा तिम्रो समस्या के हो ? यौन संसारमा किन डुबुल्की मार्छौं ? तिमी यौन प्यासबाट तृप्त हुन चाहन्छौं भने म तिम्रो अभिभावकसँग कुरा गर्छु र विहेबारीको कुरा छिन्न मद्दत गरिदिउँला ।’ मेरो मुखबाट यत्ति मात्र के शब्द निक्लेको थियो उनी रिसाएर भन्न थालिन् ‘आखिरमा पुरुष भनेको पुरुष नै हुन्छ, चाहे त्यो केटो होस् वा बुढा । जसलाई पनि शरीर मात्रै प्यारो लाग्छ । शरीरभित्र के गुज्रिरहेको छ, त्यो बुझ्ने प्रयाससम्म गर्न चाहँदैन्, हैट यस्तासँग मैले किन दोस्ती गरेँ हे भगवान् ?’

 

उनको उपरोक्त भनाइपछि म एकछिन रन्थनिएँ । कस्तो केटी रैछ समस्या समाधान गर्न उपाय सिकाउँदा पनि केटो र बुढा भन्छ बा । आखिरमा म के गरुँ ? एउटा उपाय नलिकालि सुखै छैन । के गर्ने होला भनेर सोच्दै थिएँ, उनी मेरो ओछ्यानमा मस्तसँग निदाइसकेकी रहेछिन् । त्यो पनि दिउँसोकोे समयमा । जब उनी मेरो ओछ्यानमा निदाएकी अवस्थामा उनलाई मैले देखेँ, हुन त योभन्दा पहिले पटक पटक जहिले पनि उनी मेरो कोठामा आउँथिन् । तर त्यसबेलाकी उनी र आजकी उनीमा धैरै अन्तर पाएँ । मेरो नजर उनीप्रति कहिल्यै नकारात्मक थिएन । उनी ओछ्यानमा निदाएकी मुद्रालाई बयान गर्ने हो भने मैलै उनमा ‘कामोत्तेजना’ पाएँ । जो पहिले मैलै पहिले कहिल्यै देखेको थिएनँ । म हैरान भएँ । अब म के गरुँ भनेर । म आफूलाई सम्हालेर एकजना साथीलाई फोन गर्ने प्रयास के गर्दै थिएँ, उनी निदाएकी अवस्थामा उनले गरेको हाउभाउबाट म आत्तिएर कोठाबाहिर निस्केँ र मुखमा पानी छ्याप्न थालेँ । त्यत्तिकैमा उनी रुन र कराउन थालिन् ‘आउनु न साथी प्लिज मलाई सम्हाल्न ।’ उनको त्यो विचित्र र अकल्पनीय आग्रहले मेरो झन् रङ उड्न थाल्यो । कसैगरी कोठाबाट भाग्ने विचार म मा आयो । मैलै उनको अवस्थामाथि ध्यान दिन छाडेँ । तै पनि उनी कुन अवस्थामा रै छ भन्ने कूतुहलता त थियो म मा । ढोकाको पर्दा विस्तारै हटाएर हेर्दा उनले लगाएकी पातलो पारदर्शी सुतीका लुगा पानीले रुझेकी जस्तै गरेर भिजेकी रैछ । एक किशोरी त्यो अवस्थामा देख्दा जसको पनि दृष्टि भ्रम हुँदो हो । उनी अझै कराउँदै थिइन्, ‘आउनुस् न मलाई छिट्टै सम्हाल्नुस् मेरो कोही छैन । सिर्फ तिमी नै हो । मलाई गाह्रो भइसक्यो । छिटो गर्नुस्.....।’

 

उनको त्यो आक्रान्तले म झ्न भयभीत भएँ र साथीलाई बोलाएँ र भने लौ न मेरी एक केटी साथीले यसो.... भन्दैछिन् के गर्ने ? वास्तवमा मेरा त्यो साथीले पटक्कै नहडबडाइकन हामी दुबैजना कोठामा एकसाथ पस्यौं र सोध्यौं ‘के भयो तिमीलाई’ भनेर । उनी एक्कासि पुनः रुन थालिन् । तर पहिलेको भन्दा फरक शैलीमा । हामी दुबै रनभूल्लमा प¥यौं । उनको त्यो ‘सेक्सी कलिङ’ पटक्कै थिएन । संयोगवश ती मेरा साथी मेडिकल स्टुडेन्ट थिए । उनले मेरी गर्ल फ्रेन्डसँग बेलिबिस्तार सोधखोज गर्दा उनीमा एक रोग रहेको आशंका गरी यौन रोग विशेषज्ञ कहाँ देखाउन लाने सल्लाह दिए र मैलै त्यसो नै गरेँ । 

 

स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकले सोध्यो ‘उनी तपाईंको को पर्छ ?’ मैले सही उत्तर दिँदा चिकित्सक मान्न तयार भएन ।तापनि वास्तविक स्थितिमाथि प्रकाश पार्दा डाक्टर विश्वास गरे र उनलाई ‘हिस्ट्रया’ भएको निदान ग¥यो । मैले पढेको पुस्तकमा त लेखिएको छ, शरीरमा हार्मोन अति सक्रिय हुँदा के कस्ता विकृत देखा पर्छन् भनेर । तर मेरो दिमागले त्यतिबेला अर्कै सोच्न पुग्यो र म दृष्टि भ्रममा परेँ । हो यदि किशोरीहरू वैंशकालमा यस्तै हाउभाउ गर्छन् भने हाम्रो जस्तो अन्धविश्वासमा रुमल्लिने समाजका कुन चाहिँ सदस्यको दृष्टि भ्रम हुँदैन ? मेरो कुरा त पर जाओस् । जे सुकै होस् मलाई उनले धन्यवाद दिइन्, औषधोपचारका लागि । मैले पछि उनका अभिभावकलाई उनको कुरा सबै बताइदिए । परिवारले उनको उचित स्याहार गर्न थाल्यो । म दृष्टि भ्रमबाट मुक्त भएर पाकाको पाका मै फर्कें ।
                      ***

प्रशान्त शर्मा