समाचार विदेश

जापानका ११७ वर्षे नागिरककाे निधन

जापानका  ११७ वर्षे नागिरककाे निधन

काठमाडाैं । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनकोे आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

 

सन् १९०१ को मे २ तारिखमा जन्मेका उनी गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिए ।   गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।आइतबार निधन भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

 

उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्नुभएको मन्त्रालयले जनाएको छ । तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उहाँ अहिले ११५ वर्षको छन् । जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन्  ।

 

उनलाई उनलार्ई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उनकोे नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।
 

जापान ज्येष्ठ नागरिक चियो मिया

विशेष

ADVERTISEMENT