समाचार देश

व्यवसायी प्रसाईंले माफी मागे

व्यवसायी प्रसाईंले माफी मागे

काठमाडाैं । बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले  आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पु¥याएको भन्दै क्षमा याचन गरेका छन् ।

 

झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरी आफूले गरेको गल्ती प्रयाश्चित गरेका हुन् । उनले १४ महिना अघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेको भनी अभिव्यक्ति दिएका थिए । उनको यस्तो अभिव्यक्तिमाथि चौतफी आलोचना भएको थियो ।

 

व्यवसायी प्रसाइलाई कारबाही गर्नका लागि विभिन्न क्षेत्रबाट सरकारलाई दबाब आइरहेको बेलामा उनले पत्रकार सम्मेलन गरी माफी मागेका हुन् । पत्रकारहरूसँगको कुराकानीमा उनले भने‘ नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो’ ।

 

आफूले गलत मनसायले नभनेको र आफ्नो अभिव्यक्तीले छात्रा र अभिभावकहरूमाथि असर पर्न गएकाे भन्दै उनले सार्वजनिक रुपमा माफी मागे ।केही समय अघि यस्तै अभिव्यक्ति दिएका कारण कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजिनामा दिएका थिए । 

दुर्गा प्रसाई