समाचार

डा. केसीको समर्थनमा आवासीय चिकित्सकहरुले पनि शुरुगरे सामुहिक अनसन 

डा. केसीको समर्थनमा आवासीय चिकित्सकहरुले पनि शुरुगरे सामुहिक अनसन 

काठमाडौं । विगत २५ दिन देअि आमरण अनसन थालेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्का आवासीय चिकित्सकहरुले सामुहिक अनसन सुरु गरेका छन् ।


उनीहरुले आज बिहान १० बजेदेखि डा. केसी अनसनरत रहेको भवन अगाडि अनसन सुरु गरेका छन् । अनसन अघि आवासीय चिकित्सकहरु सरकारको विरोधमा मुखमा पट्टी बाधेर त्रिवि शिक्षण अस्पताल परिसरमै र्‍यालीसमेत निकालेका थिए ।

 

डा. केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले इमजेन्सी तथा आइसीयु सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बहिष्कार गरेका थिए ।उनीहरुले मंगलबार विहानै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन कार्यालय अगाडि धर्ना दिनुका साथै प्रर्दशनसमेत गरेका थिए ।

 

आफूहरुका मागप्रति सरकार उदासीन नरहेको भन्दै आवासीय चिकित्सकले आन्दोलनलाई थप कडा बनाउँदै लैजाने बताएका छन् ।

 

डा. केसी त्रिवि शिक्षण अस्पताल