समाचार पर्यटन समाज देश

नेपाली ट्राभलर्सले ल्यायो महिलाहरुको लागि 'स्व यात्रा'काे अवसर

नेपाली ट्राभलर्सले ल्यायो महिलाहरुको लागि 'स्व यात्रा'काे अवसर

अर्कना खातुन

काठमाडौं । यात्रा गर्ने रहर कसलाई नहोला र ? नयाँ नयाँ ठाउँ हेर्ने घुम्ने रहरहरू सबैमा हुन्छ । तर, आर्थिक अभावले गर्दा कतिपयका रहर सपनासम्म मात्र सिमित हुन्छ । त्यस माथि पनि महिलाहरु घर देखि कलेज र अफिससम्म मात्र सिमित भएर बस्नुपरेको हुन्छ । र यदि महिलाहरू कतै जान चाहे तापनि आर्थिक समस्याले गर्दा जान पाएका हुन्दैनन् ।

 

तर अब महिलाहरुको लागि सुवर्ण अवसर नेपाली ट्राभलर्सले ल्याएको छ । नेपाली ट्राभलर्सले 'स्व यात्रा' अर्थात 'सोलो वुमेन ट्राभल च्यालेन्ज २०१८' आयोजना गरेको छ । नेपाली ट्राभलर्सका अध्यक्ष पेम्बा शेर्पा भन्छन्, 'जब महिलाहरू एक्लो सबै कार्य गर्न सक्षम छन् भने एक्लो यात्रा गर्न किन सक्दैनन् । त्यसैले विषेश गरि महिलाहरूलाई ध्यानमा राखेर 'स्व यात्रा' ल्याएका हौँ । यो भन्दा पहिले पनि नेपाली ट्राभलर्सबाट थुप्रै महिलाहरुले नेपालका विभिन्न ठाउँहरुमा यात्रा गरिसकेका छन् ।'

 

शेर्पा भन्छन्, 'यस वर्ष स्टोरी, च्यालेन्ज, तथा तालिमहरुमा केहि फरक हुनेछ । सेल्फ डिफेन्स गर्न सिखाइन्छ र बीमा पनि गरिन्छ । यो वर्ष नेपाली ट्राभलर्सबाट जम्मा १६ जना महिलाहरु नेपाल भित्र दश दिनसम्म यात्रा गर्न छान्ने छौ । ती १६ जनामध्ये एक जना मिस नेपाल ट्राभलर्स हुनेछिन् । साथै उनले एक महिनाको लागि 'फ्रि' एक्लै विदेश यात्रा गर्ने अवसर पनि पाउने छिन् । र उनलाई नेपाली ट्राभलर्सको ब्रान्ड एमबेस्डर पनि बनाइने छ ।'

 

शेर्पाले भने, 'त्यसको लागि नेपाली ट्रभलर्सको वेबसाइट www.solotravelnepal.com मा गइ दिइएको फर्म भर्नुपर्ने हुन्छ । त्यसपछि नेपाली ट्राभलर्सले सबै भरिएका फर्महरुलाई सामाजिक संजाल फेसबुकमा पोस्ट गरि सेयर गर्ने छ ।'

 

जसको 'एक हजार लाईक आउछ ती महिलाहरु 'स्वो यात्रा'को च्यलेन्जको लागि छानिने छिन् । साथै अन्तरवार्ताबाट छानिएका पचास जनालाई अकर्शित उपहार पनि दिइने छ । फर्म भर्न ३१ जुलाईसम्म समय तोकिएको छ ।'

 

अध्यक्ष शेर्पाको अनुसार, 'जसरी विदेशीहरु योजना बनाएर घुम्न जान्छन् त्यसरी हाम्रो नेपालीहरु योजना नै बनाएर घुम्न जाने स्थापित भइसकेको छैन । यात्रा त गर्छन् तर बिदेशीहरु सरह एक्लै यात्रा गर्दैनन् । त्यसैलाई मध्यनजर गरी योजना बनाएर राम्रो प्रभाव पर्ने गरि नेपालीहरुको लागि एक्लो यात्रा ल्याएका हौँ ।' 


 

स्वोयात्रा नेपाली ट्राभलर्स