समाचार ताजा खबर

एकै परिवारका चार जनाले सेती नदीमा हाम फाले

एकै परिवारका चार जनाले सेती नदीमा हाम फाले

काठमाडाैं । डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् ।

 

हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरिक्षक डबलबहादुर कठायतले बताए । 

 

कठायतका अनुसार बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेका हुन् ।

 

हाम फाल्ने मध्ये ३ जना वेपत्ता छन् भने छ वर्षिय सुनिल वोहरा भने बच्न सफल भएका छन् । उनलाई माछा मार्दै गरेका मानबहादुर विकले उद्धार गरेका हुन् । उनीहरूले किन हाम फालेको विषयमा अनुसन्धान तथा छानविन भइरहेको छ ।

 

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटी सेती नदी