मुख्य समाचार राजनीति

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डले लिए मन्त्रीसँग ‘ब्रिफिङ’

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डले लिए मन्त्रीसँग ‘ब्रिफिङ’

काठमाडौं  । सरकारको कामकारवाहीको चर्को आलोचनापछि नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीहरुसँग ‘ब्रिफिङ’ लिन थालेका छन् ।

 

आफू नबोलेपनि सरकारको कामबारे प्रचण्डले चासो राखेका छन् । 

 

बुधवार प्रचण्डले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नो निवास खुमलटारमा बोलाएर सरकारको कामकारवाहीवारे ब्रिफिङ लिएका हुन् ।

 

मन्त्रीहरु प्रचारमा मात्रै रमाएको र जनताको पक्षमा काम गर्न नसकेको गुनासोपछि प्रचण्डले भेट थालेका हुन् । 

 

खुमलटार स्रोतका अनुसार प्रचण्डले मन्त्रीको काम चिक्तबुझ्दो नभएको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टी नेताहरुले सरकारको बचाउ नगरेको गुनासो गरेको अर्कोदिन प्रचण्डले मन्त्रीहरुसँग ब्रिफिङ लिएका हुन् । 

प्रचण्ड