पर्यटन मुख्य समाचार देश

सौराहा–पोखरामा अब सुविधासम्पन्न बस, खाना, खाजादेखि पत्रपत्रिका पढ्न पाउने

सौराहा–पोखरामा अब सुविधासम्पन्न बस,  खाना, खाजादेखि पत्रपत्रिका पढ्न पाउने

चितवन । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।  

 

 ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर एक हजार ५ सय रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने अधिकारीले बताए ।

 

बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ । सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । 


क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताए ।

 

पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवत–जावतका लागि सहज हुने बताए । 

 

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान साढे ७ बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगढी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन् । 

सुविधासम्पन्न पर्यटक बस