कला साहित्य

महिला गीतकार संघमा अस्मिता 

महिला गीतकार संघमा अस्मिता 

काठमाडौं । महिला गीतकार संघ नेपालको अध्यक्षमा अस्मिता भण्डारी चयन भएकी छन् । 

शनिबार सम्पन्न संघको नवौं साधारणसभाले साहित्यकार तथा गीतकार भण्डारीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा शीला पन्त, महासचिवमा उपमा आचार्य, कोषाध्यक्षमा कल्पना अधिकारी छानिएका छन् भने सदस्यहरुमा दुर्गा बनवासी, रश्मी रिमाललगायत रहेका छन् । 

 

नयाँ कार्यसमितिले शनिबार नै निवार्तमान अध्यक्ष एवं प्राज्ञ उन्नती बोहोरा ‘शीला’ संघलाई प्रमुख संरक्षक र लक्ष्मी उप्रेती संरक्षकमा मनोनित गरेको छ ।  

निवर्तमान अध्यक्ष प्राज्ञ उन्नती बाेहाेरा (बायाँ) का साथमा नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारी । ​​​​

समितिका सल्लाहकारहरुमा प्रतिमा श्रेष्ठ, बाबा बस्नेत, सन्ध्या पहाडी र गीता कार्की चयन भएका छन् । यसअघि गीतकार संघको दुई कार्यकालको नेतृत्व उन्नती बोहोराले गरेकी थिइन् । वर्तमान अध्यक्ष भण्डारी यसअघि संघको महासचिव थिइन् । भण्डारी सञ्चारकर्मी पनि हुन् ।