समाचार मुख्य समाचार राजनीति प्रदेश २ प्रदेश ३

ठाकुर भए राजपा संसदीय दलको नेता 

ठाकुर भए राजपा संसदीय दलको नेता 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । 

सिंहदरबारमा शनिबार बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । 

बैठकमा राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भएको वरिष्ठ उपाध्यक्ष कर्णले बताए ।