समाचार मनोरञ्जन

सामाजिक सञ्जालमा भार्इरल छिदालको गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल

सामाजिक सञ्जालमा भार्इरल छिदालको गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल

काठमाडौं। सुनिल छिदालको पहिलो आधुनिक गीत 'मेरो सपना' १९ साैं ट्रेन्डिङमा बस्न सफल भएकाे  भएकाे छ । 

 

 सामाजिक सञ्जालमा भाइरल भइरहेका छिदालले मंगलबार मात्रै सार्वजनिक गरेकाे उक्त गीत अहिलेसम्म २ लाख १५ हजार ३ सय ९७ पटक हेरिएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्याल को शब्द तथा संगीत रहेको गीतलार्इ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको थियो ।

 

गीतमा चर्चित गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ । भारतमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका सुनिलले आफ्नो फेसबुकमा गीत गाएर राखेपछी उनी एकाएक सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

 

उनको फेसबुकमा राखेको गीत र स्वर सुनिसकेपछि गायक तथा संगीतकार कर्ण सन्ज्यालले गायक देवकोटा स्टुडियो परिवारसँगको सल्लाह बमोजिम मेरो सपना नामक गित रेकर्ड को व्यवस्थापन गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

गीत सुनिल छिदाल मेरो सपना

विशेष