मुख्य समाचार समाज

बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु 

शुसिला अाेली

बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु 

तुलसीपुर । दाङको तुलसीपुर बसपार्कमा बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ । बसको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ बर्षीय लक्षिराम बिटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

 

बसपार्कवाट सडक तर्फ आउँदै गरेको ना ५ ख ५७६८ नम्बरको बसले विटालुलाई बिहान ११ बजेतिर किचेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ मृत्यु