मुख्य समाचार

त्रिशूली जलविद्युत्‌ केन्द्रमा आगलागी

त्रिशूली जलविद्युत्‌ केन्द्रमा आगलागी

नुवाकोट । नुवाकोटको त्रिशूलीस्थित त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । पावरहाउसभित्र विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । 

 

आगलागी स्थलमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) राजु लामिछानेले विद्युत् उत्पादन गर्ने उपकरणमा आगलागी भएको जानकारी दिए । असई लामिछानेका अनुसार केही उपकरण क्षतिग्रस्त भएको र अन्य क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।

 

दिउँसो करिब पौने ३ बजे लागेको आगो निभाइसकिएको छ । उक्त आयोजना २१ मेगावाट क्षमताको हो । आगलागी भएपछि जिल्लाभर विद्युत प्रवाह बन्द भएको छ । 

आगलागी नुवाकोट त्रिशूली जलविद्युत्