समाचार अपराध सुरक्षा

सुन तस्करी २ जना पक्राउ

सुन तस्करी २ जना पक्राउ

सुनसरी । तस्करीको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। ७ सय १२ ग्राम सुनसहित धरानको मुनालपथबाट मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको हो। 

 

चेकिङको क्रममा उनीहरुबाट ढिक्का तथा गहना बनाइएका सुनहरु बरामद गरेको हो। उनीहरुले त्यो सुनको बिल देखाउन नसकेपछि तस्करीको सुन भएको खुलेको हो। 

 

उनीहरुमाथि थप छानबिन र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको धरान प्रहरीले जनाएको छ। बरामद सुनको मूल्य करिब ४० लाख रुपैयाँ पर्दछ। पक्राउ परेकाहरु सुन पसलका कर्मचारी हुन्। 

 

देशभरीका सुन पसलमा तस्करीको सुनको कारोबार हुने प्रहरीकाे आशंका छ। 

पक्राउ सुन तस्करी

विशेष