समाचार समाज

टेबुल पंखाबाट करेन्ट लागेर किशोरीको ज्यान गयो

टेबुल पंखाबाट करेन्ट लागेर किशोरीको ज्यान गयो

भद्रपुर । झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कचनकबल–६, सिंहमारीका मोहबत राजवंशीकी छोरी १२ वर्षीया इन्द्राको टेबुल पंखाबाट करेन्ट लागेर मृत्यु भएको हो।

करेण्ट लागेर गम्भीर घाइते बनेकी बालिकाको उपचारका लागि मेची अञ्चल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा गाउँपालिका मृत्यु

विशेष