समाचार कर्पोरेट देश

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

ललितपुर । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ ।  तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । 

 

‘केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,’ उनले भने, ‘बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।’ 

 

बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए ।  अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । ‘हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने ।

साझा यातायात