समाचार खेल मुख्य समाचार

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

मस्काे। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलकाे पहिलो हाफमा पनामाविरुद्ध इङ्ल्यान्डले गोल वर्षा गरेकाे छ ।इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जोहन स्टोनेसले समान २–२ र जेसी लिंगार्डले १ गोल गर्दै पानामाविरुद्ध पहिलो हाफमा ५–० गोलको अग्रता दिलाएका हुन् ।

 


पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका हुन् ।


यसअघि खेलको ४० औं मिनेटमा स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे ।


यसअघि खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।


इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, पानामाले समूह चरणको पहिलो खेलमा बेल्जियमसँग ३-० गोल अन्तरको हार ब्यहोरेको थियो ।इङ्ल्यान्ड र पनामा अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन्।

विश्वकप फुटबल पानामा इंग्ल्यान्ड
ADVERTISEMENT