समाचार

नमस्ते झरनामा रमाउँदा ज्यानै गयो 

नमस्ते झरनामा रमाउँदा ज्यानै गयो 

सुनसरी । धनकुटाको भेडेटार नजिकैको नमस्ते झरनामा ढुङगाले लागेर इटहरीका एक युवाको मृत्यु भएको छ ।

 प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा इटहरी– ९ का २७ बर्षीय बिक्रम तामाङ रहेका छन् । झरनामा नुहाउने क्रममा ढुङगा खसेर तामाङको टाउकोमा लागेको प्रहरीले जानकारी दिएको छ । इटहरीबाट सपरिवार घुम्न गएका बेला नुहाउने क्रममा एक्कासी ढुङगा झरेको मृतक बिक्रम तामाङका दाजु सुरेन्द्र तामाङले जानकारी दिएका छन् ।