समाचार

कम्युनिस्ट सरकार पाँच वर्ष टिक्छ : प्रचण्ड

कम्युनिस्ट सरकार पाँच वर्ष टिक्छ : प्रचण्ड

 

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष टिक्ने र जनअपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् । 

 


भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित सहीद शिवराम स्मृति प्रतिमाको बुधबार अनावरण गर्दै उनले भने, ‘अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।’ 
उनले कम्युनिस्ट सरकार बलियो भएको हुँदा अब मुलुकले कुनैपनि दुर्दशा भोग्न नपर्ने बताउँदै विकास निर्माणका प्रकिया निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

 

स्थानीयवासी शिवहरि तिमिल्सिना ०६० फागुन १७ गते रूपन्देहीमा र रामकृष्ण तिमिल्सिना ०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरूकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।

प्रचण्ड