मुख्य समाचार

सरकारले यातायात व्यवसायीहरूसँग अाज वार्ता गर्दै

सरकारले यातायात व्यवसायीहरूसँग अाज वार्ता गर्दै

काठमाडाैं । सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग सरकारले अाइतबार वार्ता गर्ने भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलका लागि व्यवसायीलाई दिउँसो सिंहदरबार बोलाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले बताएका छन् । छलफलको समय भने तोकिएको छैन । भारती बाहेक महासंङका सबै पदाधिकारी हिरासतमा छन् ।

 

हड्ताल गरेकाे भन्दै बस अावतजावत बन्द गरेपछि प्रहरीले महासंघका पदाधिकारीहरूलाई पक्राउ गरी हिरासतमा राखेकाे छ । वार्ताकाे वातावरण भने बनिसकेकाे थिएन ।

 

शनिबार महासंघको बैठकमा नै प्रहरीले हस्तक्षेप गरी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीलाई पक्राउ गरेको छ ।

 

सिन्डिकेट वार्ता बस व्यवसायी