समाचार राजनीति

देउवाको पनि ‘सिन्डिकेट’, पार्टीभित्र भाँडभैलो

देउवाको पनि ‘सिन्डिकेट’, पार्टीभित्र भाँडभैलो

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधिले, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरणमहतलाई नियुक्त गरेका हुन् । 

 

सभापति देउवाले पार्टी विधानको धारा २१ को (घ) र तथा नियमावलीको १२ (१) बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका हुन् । तीनै पदाधिकारी संसदको निर्वाचनमा पराजित हुन्।

 

निधि यसअघि महामन्त्री र खडका सहमहामन्त्री भइसकेका थिए। महत पदाधिकारीमा नयाँ अनुहार हुन्। सभापतिले बैठकमा प्रस्ताव राख्नासाथ बहुमतबाट पारित भएको घोषणा भएको थियो। 

 

सभापतिले गर्ने पदाधिकारी मनोनयन प्रस्तावलाई निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था विधानमा छ । ६४ जनाको निर्वाचित कार्यसमिति खुमबहादुर खडकाको निधनपछि ६३ सदस्यीय छ। जसमा देउवाको सुविधाजनक बहुमत छ। 

 

पौडेल पक्षसँग भएको छलफलमा पदाधिकारी मनोनयन सर्वसम्मत बन्न नसकेपछि देउवाले पौने ६ बजे बैठक राखेर बहुमतबाट प्रस्ताव पारित गराएका हुन्। पौडेल र सिटौला पक्षले भने विधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क अघि सार्दै आएको छ ।

 

विधान विपरित गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगत्तै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयन गरेपछि कांग्रेसभित्र विवाद थप चुलिएको छ । देउवाको यस कदमलाई अन्य नेताहरुले सिन्डिकेट भनेका छन् । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

शेरबहादुर देउवा सिन्डिकेट