समाचार

सिन्डिकेटकाे पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

सिन्डिकेटकाे पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै अाज यातायात सेवा बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अावश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् । मन्त्री बादलले पहिलो चरणमा गाडी चलाउन भन्ने र नमान्ने अवस्था भए पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  

 

सरकारले वैशाख ११ गते सूचना जारी गरी अत्यावश्यक सेवा एेन २०१४ मा भएकाे व्यवस्था सार्वजनिक यातायातसहित विभिन्न ८ सेवा क्षेत्रमा हड्ताल निषेध गरेका थियाे । अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो ।

 

 ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ । सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ 

यातायात व्यवसायी रामबहादुर थापा पक्राउ निर्देशन