खेल

आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित

आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित

काठमाडाैं । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

 

चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए ।

 

यस्तै, फाफ डुप्लिसिसले २७ र अम्बाती राइडुले २१ रनको योगदान गरे । बलिङतर्फ पिउस चाउला र सुनिल नारेनले दुई–दुई विकेट लिए ।

 

जवाफमा सुरुवात राम्रो गर्न नसकेको कोलकाताले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १२ रनमा पहिलो विकेट गुमाएको कोलकाताले ४० रन हुदा दुई विकेट खेर फालेको थियो ।

 

 तर उसका जिमा शुंभम गिलले ५७ तथा कप्तान दिनेश कार्तीले ४५ रन बनाए । यस्तै, सुनिल नारेनले ३२ र रिंकु सिंहले १६ रनको योगदान गरे । 

 

जितपछि कोलाकाताले नौ खेलबाट १० अंक बनाएको छ भने यसअघि शीर्ष स्थानमा रहेको चेन्नेई रन रेटका आधारमा हैदरवादभन्दा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

आईपीएल कोलकाता विजयी