समाचार

यातायात व्यवसायीबीच ध्रुवीकरणः वाम व्यवसायी वार्तामा बस्ने

यातायात व्यवसायीबीच ध्रुवीकरणः वाम व्यवसायी वार्तामा बस्ने

काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ । 

 

वाम (नेकपा एमालेर माओवादी केन्द्र) समर्थित यातायात व्यवसायी संघले बुधबार छुट्टै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ । विभागले ल्याएको संशोधित निर्देशिका खारेज नभएसम्म वार्ता नै नगर्ने घोषणा महासंघले गरेको थियो । 

 

तर, महासंघको निर्णयबाट पछि हट्दै सत्तासिन दलसम्बद्ध नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन (एमाले) र गणतान्त्रिक यातायात व्यवसायी संघ (माओवादी केन्द्र) ले तत्काल वार्ता गर्न आग्रह गरेको हो । याे खबर आजको कारोबारमा छ ।


 

यातायात व्यवसायी ध्रुवीकरण