समाचार देश

संसदको दोस्रो अधिवेशन चार महिना चल्ने

संसदको दोस्रो अधिवेशन चार महिना चल्ने

काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभातर्फको बैठक झण्डै चार महिना निरन्तर चल्ने संकेत देखिएको छ। वैशाख २३ गतेदेखि सुरु हुने दोस्रो अधिवेशनको कार्यतालिकाअनुसार प्रतिनिधिसभा बैठक लगभग भार महिना चल्ने देखिएको हो।  

 

संविधान कार्यान्वयनका लागि असोज मसान्तभित्र धेरैजसो कानुन बनाउनुर्ने भएकाले पनि यो अधिवेशनले चार महिना लिने संकेत देखिएको हो। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको द्वितिय अधिवेशन अर्थात बजेट अधिवेशनको कार्यक्रम तालिका सार्वजनिक गर्दै त्यसको जानकारी दिएका हुन्।  याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
 

संसद दोस्रो अधिवेशन

विशेष