खेल

पुर्व इण्डियन क्रिकेटर आकाश चोपडा भन्छन् : आज सन्दिपलाई मौका दिनैपर्छ 

पुर्व इण्डियन क्रिकेटर आकाश चोपडा भन्छन् : आज सन्दिपलाई मौका दिनैपर्छ 

 बिश्व प्रसिद्ध इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत ३२औं खेलमा आज दिल्ली डेयरडेभिल्सले नेपाली समय अनुसार राति ८ः१५ बजे राजस्थान रोयल्सको सामना गर्दैछ । 

 

प्रतियोगितामा अहिले सम्म कमजोर प्रदर्सन गर्दै आएको दिल्लीले ८ खेलमा मात्र २ खेल जित्दै ४ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ । भने राजस्थानको ७ खेल खेलदै ३ मा जित निकाल्दै छैटौं स्थानमा छ ।


 
यो समीकारण संगै दिल्लीलाई प्लेखफको सम्भावना बाँकी राख्न अब उसँग रहेका सम्पूर्ण ६ खेल सबै जित्नुपर्ने दबाब छ । अक्सन मार्फत भारु २० लाखमा सन्दिप लामिछानेलाई किनेको देल्ली डेयरडेभिल्सबाट लामिछानेले अहिले सम्म कुनै पनि म्याच खेल्न पाएका छैनन् । 

 

बिश्वभरि आफ्नो गुग्लीको जादुको छाप छोडेका सन्दिपले आईपिएलमा आफ्नो पहिलो डेभ्यु गर्ने मौका खोजी रहेका बेला आजको खेलमा के देल्ली डेएरडेभिल्सले यी बाँया हाते लेगस्पिनरलाई मौका देलान ?

 

यसैबीच आफ्नो रेगुलर अपडेट मार्फत आकाशवाणीमा भारतीय पुर्वक्रिकेटर समेत रहेका आकाश चोपडाले अब दिल्लीले सन्दिप लामिछानेलाई खेलाउने समय आएको बताएका छन् ।

 
उनको भनार्इ अनुसार आईपिएलमा लेगस्पिनरले राम्रो प्रदर्शन गरिरहेका छन् र दिल्लीले अब गुमाउनु केहि पनि छैन, यदि सन्दिपले आज मौका पाउँछन् भने देल्ली डेएरडेभिल्सले ट्रंप कार्डको रुपमा प्रयोग हुन सक्छन् ।
   
 

आईपिएल सन्दीप लामिछाने आकाश चोपडा