समाचार अपराध सुरक्षा

बाघको छालासहित ४ जना पक्राउ

बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको कपनबाट बाघको छाला विक्री वितरण गर्न लागेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा बैतडी दशरथचन्द नगरपालिका स्थायी घर भएका श्यामसिंह कार्की, सोही नगरपालिका स्थायी घर हुने प्रविनसिंह रावल, जितेन्द्र रावल र विनोदप्रसाद भट्ट रहेका छन् । 

 

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले कपनको माकल सानोधारास्थित केशव घिमिरेको घरबाट उनीहरुलाई एकथान बाघको छालासहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।

 

 पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ बाघको छाला

विशेष