समाचार खेल

कर्णाली प्रिमियर लिगः धनगढी, रुपन्देही तथा मध्यपश्चिम सेमिफाइनलमा

कर्णाली प्रिमियर लिगः  धनगढी, रुपन्देही तथा मध्यपश्चिम सेमिफाइनलमा

कर्णाली प्रिमियर लिगमा धनगढी, रुपन्देही तथा मध्यपश्चिम सेमिफाइनलमा पुगेका छन् । समूह बीबाट धनगढी, समूह एबाट रुपन्देही र समूह बीबाटै मध्यपश्चिमले अन्तिम चारको स्थान पक्का गरेका छन् ।


धनगढी क्रिकेट एकेडेमी चारै खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेता बन्यो । समूह बीमा मध्यपश्चिमले ३ जित र १ हार निकाली उपविजेताका रूपमा अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । समूह एमा रुपन्देहीले ४ खेलमा ४ जित निकाल्यो ।


प्रतियोगिताको बुधबार एबिसी स्पोट्र्स क्लबले रोयल राइजिङ क्लबलाई ६ रनले पराजित ग-यो । एबिसीले पहिलो ब्याटिङ गरी २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । रोयलले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन जोड्यो ।


एबिसीका दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए । रोयलका सन्दीप शाहीले ३ विकेट लिए । रोयलका सुमन गुरुङले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए । एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए ।


अर्काे खेलमा रुपन्देहीले चौथो जित निकाल्ने क्रममा महाकाली क्रिकेट क्लबलाई १ सय ४ रनको विशाल अन्तरले पराजित ग-यो । रुपन्देहीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५ रन मात्र बनायो । रुपन्देहीका निश्चल चौधरीले सर्वाधिक ८५ रन बनाउने क्रममा ५१ बलमा समान ६ चौका र छक्का प्रहार गरे ।

कप्तान शक्ति गौचनले अविजित ४२ रन बनाउन २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अर्को खेलमा धनगढीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित ग-यो । काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार ग-यो । त्यसैगरी, धनगढीले १७.५ ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो ।