खेल

सन्दीपको बलिङ कला सिक्न मन छ : अमित मिश्रा

'सन्दीपले आईपीएल सकिँदासम्म मलार्इ त्यो कला सिकाउनेमा विश्वासवादी छु'

सन्दीपको बलिङ कला सिक्न मन छ : अमित मिश्रा

 काठमाडाैं । भारतीय स्पिनर अमित मिश्राले नेपाली युवा स्पिनर  सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् ।

 

आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्सका खेलाडी मिश्राले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन पाएको र  सन्दीपको सिधा बल फाल्ने कलाबाट आफू सारै प्रभावित भएको बताएका हुन् ।

 

शुक्रबार चेन्नई सुपरकिंग्सलाई हराएपछि टेलिभिजन च्यानल स्टार स्पोर्टसँंग कुरा गर्दै मिश्राले सन्दीपबाट त्यसरी सिधा बल फाल्ने कला आफूले पनि सिक्न चाहेको बताए ।

 

सन्दीपले आईपीएल सकिँदासम्म आफूलाई त्यो कला सिकाउने विश्वास लिएको पनि अमितले बताए । बलिङका क्रममा आफूले सन्दीपलाई विकेट लिनैपर्छ भन्ने वा ब्याटिङमा को छ भन्ने कुरालाई मतलब नगरी आफ्नो मौलिक पारामा बलिङ गर्न सुझाव दिएको पनि बताए ।

 

अरुका कुरा सुन्ने र राम्रा कुरा सिक्न सधैँ उत्सुक रहने सन्दीपको बानी आफूलाई मन परेको मिश्राको भनाइ छ । 

आईपीएल  सन्दीप लामिछाने अमित मिश्रा