अपराध सुरक्षा देश

पुनरावेदन अदालत हेटौंडाले सांसदलाई पक्राउ गर्न पत्राचार गर्याे

पुनरावेदन अदालत हेटौंडाले सांसदलाई पक्राउ गर्न पत्राचार गर्याे

रौतहट । जिल्ला अदालत रौतहटले अवैध काठ काराेबार गरेकाे मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न सुरक्षा निकायलार्इ पत्राचार गरेकाे छ ।


अवैध रुपमा चिरान काठको कारोबार मुद्दा लागेका कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वाचित सांसद हुन् ।  


 उनले कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ चाेरी काराेबार गर्न खाेजेकाे २०६९ असोज २ गते बिहान सवारी चेकजाँचका क्रममा बरामद भएको थियो। 

 

चेकजाँचका क्रममा पक्राउ परेपछि ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा कुशवाहको  भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।
 
उनी न्यू एभरेष्ट स मिलका मालिक पनि हुन् ।
 
जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो। पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय भएको छ। त्यसविरुद्ध उनले सर्वाेच्चमा अपिल गरेका छन्। यही बेला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो।

माओवादी केन्द्र कुन्द प्रसाद कुशवा प्रदेश सांसद वन कसुर