समाचार मुख्य समाचार

नागरिक थुनेर माेदीकाे स्वागत !

सीपी गजुरेलसहित २९ जना पक्राउ

नागरिक थुनेर माेदीकाे स्वागत !

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्दै आएका गजुरेलसहितका २९ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।


उनीहरुलाई शनिवार दिउँसो रत्नपार्कबाट नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए । मोदीको अभिनन्दनविरुद्ध उनीहरुले रत्नपार्कमा विरोध सभा नै आयोजना गरेका थिए।

 

उनीहरुलाई सभा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए। गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ।

 

मोदी विरोधी गतिविधि नियन्त्रण गर्ने भन्ने आदेशअनुसार उनीहरुलाई नियन्त्रण लिइएको परिसरले जनाएको छ।

नरेन्द्र मोदी सीपी गजुरेल पक्राउ