मुख्य समाचार राजनीति

काठमाडौं महानगरपालिकाको चाबी मोदीलाई हस्तान्तरण

५५ किलोको बुद्धकाे मूर्ति पनि उपहार दिइयाे

काठमाडौं महानगरपालिकाको चाबी मोदीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौं महानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ । 

 

दुई दिने नेपाल भ्रमणका क्रममा रहेका मोदीलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांकेतिक रुपमा हस्तान्तरण गरेका हुन् ।

 

राष्ट्रिय सभा गृहमा भएको नागरिक अभिनन्दनपछि महानगरपालिकाको चावी मोदीलाई हस्तान्तरण गरिएको हो । साथै मोदीलाई   ५५ किलोको सुनौलो रंगको बुद्ध मूर्ति महानगरले उपहार दिएकाे छ ।

 

यसअघि शुक्रबार जनकपुर महानगरपालिकाको चावि पनि उनलाई हस्तान्तरण गरिएको थियो । भ्रमण सकेर भारतीय प्रधानमन्त्री मोदी शनिबार साँझ स्वदेश फर्किंदै छन् ।

नरेन्द्र मोदी काठमाडौँ महानगरपालिका