समाचार राजनीति

नेपाल समाजवादी युगमा प्रवेश : खनाल

नेपाल समाजवादी युगमा प्रवेश : खनाल

काठमाडौं । एमाले नेता झलनाथ खनालले अहिले विश्व साम्राज्यवादी तथा पुँजीवादी संरचनामा गइरहेको बताएका छन्। त्यसको विकल्पमा नेपाल समाजवादको युगमा प्रवेश गरेको उनले बताए। 


काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले संघिय लोकतान्त्रिक गणतन्त्र लामो संघर्षको योगदान भएको समेत टिप्पणी गरे। लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ऐतिहासिक अवसर भएको समेत उनले बताए। साथै उनले आफूहरु एमाले र माओवादी पार्टी एकताको महान अभियानमा भएकोले छिट्टै दुई पार्टीबीच एकता हुने समेत बताए। 


 सोही अवसरमा कार्ल माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्र, पूर्व प्रधानमन्त्री झलनाथ खनालले लेखेको 'भिजन अफ अावर टाइम' र योगेन्द्र शाहीले लेखेको 'नेपालमा भूमिसुधार बामपंथी दृष्टिकोण पुनरावलोकन' नामक पुस्तकको लोकार्पण पनि गरिएको थियो ।
 

झलनाथ खनाल पुँजीवादी संरचना