समाचार मनोरञ्जन

सलमान खान जेठ १२ गते नेपाल आउने पक्का

सलमान खान जेठ १२ गते नेपाल आउने पक्का

काठमाडौं । अघिल्लो महिना  स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेलबाट धरौटीमा रिहा भएलगत्तै सलमानले नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।

 

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।

 

पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

 

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित गरिएको थियो । अाजकाे अनलाइनखबरमा समाचार छ ।

 

 यहाँ हेर्नुहाेस् सलमान खानसहितको टोली नेपाल आउने जानकारीसहितको पत्र

सलमान खान नेपाल भ्रमण दबङ टुर