खेल

मेस्सीको ह्याट्रिक, अपराजित टिमको किर्तिमानमा बार्सिलोनाको बराबरी

मेस्सीको ह्याट्रिक, अपराजित टिमको किर्तिमानमा बार्सिलोनाको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले पराजित गरेकाे छ । गएरातिको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गर्दै टिमको अपराजित यात्रा ३८ खेलसम्म पु्याएका हुन् । 

 

यससँगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ । लालिगामा यसअघि लगातार ३८ खेलसम्म अपराजित रहँदै रियल सोसिडाड सबैभन्दा धेरै खेलमा लगातार अपराजित हुने टिम रहेको छ ।

 

व्यक्तिगत ४५ औं ह्याट्रिक पुरा गर्ने क्रममा मेस्सीले २७ औं, ३२ औं र ८७ औं मिनेटमा गोल गरेका हुन् ।  यो जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३१ खेलबाट ७९  अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकले अघि रहेको छ । एथ्लेटिकोको ६७ अंक रहेको छ ।

 

पराजित लेगानेस ३६ अंक जोडेर लिगको चौधौं स्थानमा छ । एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ भने बार्सिलोनाले आउँदो बुधबार रोमासँग खेल्नेछ । 

बार्सिलोना मेस्सी