राजनीति

भारतबाट फर्किएपछि ओलीले भनेः जनताको अभिमत बोकेर भ्रमणमा जाँदा भारतले स्वागत ग-याे

भारतबाट फर्किएपछि ओलीले भनेः जनताको अभिमत बोकेर भ्रमणमा जाँदा भारतले स्वागत ग-याे

काठमाडाैं । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

 

स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले भारत सरकारले नेपाली जनमतको सम्मानसँग स्वागत गरेकाले भ्रमण सफल रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, नेता, व्यापारी, वौद्धिक वर्गसँगको भेटघाट फलदायी भएको प्रधानमन्त्रीले बताएका छन् । ‘जनताको अभिमत बोकेर म भारत भ्रमणमा गएको थिएँ’, प्रधानमन्त्रीले भने, ‘त्यो अभिमतलाई भारतले स्वागत गर्यो ।’

 

प्रधानमन्त्री ओलीले भारतसँग केही नयाँ सम्झौताहरु भएको बताएका छन् । ‘कृषि बजार तथा व्यापारमा केही सम्झौता र समझदारी भएका छन् । सीमा सम्बन्धि विवाद गम्भीरताका साथ समाधान हुने छ’, ओलीले भने, पञ्चेश्वर परियोजनाको विषयमा पनि हामीले कुरा राखेका छौ । त्यो चाँडै समाधान हुन्छ ।‘ 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषय उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् ।

 

उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’

 

उनले अघि भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

 

शुक्रबार दिल्ली विमानस्थलमा स्वागत गर्ने भारतीय गृहमन्त्री राजनाथ सिंहले नै ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । 


 

राजकीय भ्रमण प्रधानमन्त्री केपी शर्मा ओली