समाचार राजनीति

मुलुककाे समृद्धिका लागि राजनीतिक दलहरुलाई गोलबन्द हुन् प्रचण्डकाे अाह्वान

मुलुककाे समृद्धिका लागि राजनीतिक दलहरुलाई गोलबन्द हुन् प्रचण्डकाे अाह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ सय ६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

 

शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको परिचय रहेकाे प्रचण्डले बताएका हुन्। 


सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्दै बुद्ध जयन्तीको अवसरमा देशको आर्थिक समृद्धि र विकासका लागि सबै राजनीतिक दलहरुलाई गोलबन्द हुन उनले आव्हान पनि शुभकामना मार्फत गरेका छन्। 

 

त्यसैगरी अध्यक्षले किराँत समुदायको पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
 

 प्रचण्ड