खेल

आईपीएल : बेंगलोरमाथि कोलकाताकाे सानदार जित

आईपीएल :  बेंगलोरमाथि कोलकाताकाे सानदार जित

काठमाडौं । आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । आइतबार रातिको खेलमा बेंग्लोरले दिएकाे १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको हो । 

 

कोलाकातालाई जिताउन क्रिस लायनले ६२ र रोविन उथप्पाले ३६ रन बनाए । त्यसैगरि, सुनिल  नाराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे । उथप्पाले २१ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३६ रन बनाए । 

 

यस्तै नाराइनले १९ बलमा ३ चौका र १ छक्का सहित २७ तथा कप्तान कार्तिकले १० बलमा २ चौका र १ छक्कासहित २३ रन बटुलेपछि कोलकाता विजयी भएको हो । 

 

पहिले ब्याटिङ गरेको बेंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । कोहलीले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६८ रन बनाए ।

 

 यसैगरि ब्रेण्डोन म्याककुलमले ३८ र एण्टोन डे ककले २९ रनको योगदान गरे पनि बेग्लोरकाे जितका लागि पर्याप्त भएन । जितसँगै कोलकाता अंकतालिकाको चौथो स्थानमा छ । बेंग्लोर भने ७ अाैँ दोस्रो स्थानमा छ । 

आईपीएल कोलकाता नाइटराइडर्स रोयल च्यालेन्जर्स बेंग्लोर