समाचार

तीन दम्पत्ति सम्मानित 

तीन दम्पत्ति सम्मानित 

काठमाडौं । समाज सेवा र राजनीतिमा विशिष्ट योगदान पुर्याएका तीन दम्पत्तिलाई पूर्वराज्यमन्त्री भद्राकुमारी घले र राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले अादर्श दम्पत्ति सम्मान प्रदान  गरेको  छ । 

सम्मानित हुनेहरुमा नेपाली कांग्रेस दैलेखका सभापति जगतजंग थापा, उनकी पत्नी सरस्वतीदेवी थापा,  एमाले नेता तथा पूर्वमन्त्री  भरतमोहन अधिकारी, उनकी पत्नी सविता अधिकारी र एमाले नेता युवराज ज्ञवाली, उनकी पत्नी इन्दु ज्ञवाली छन् । 

सम्मानीत भएका नेताहरुले राउटेहरुको उत्थानका लागि विशेष योगदान दिएको भन्दै सो संस्थाले सम्मान गरेको जानकारी दिएको छ । 
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तीन दम्पत्तिलाई कदरपत्र, दोसल्ला ओढोएर सम्मान गरेका थिए ।