समाचार अपराध सुरक्षा

एसिड भन्दै पानीकाे बाेतल देखाएर रकम लुटियाे

एसिड भन्दै पानीकाे बाेतल देखाएर रकम लुटियाे

काठमाडाैं । कालिमाटीस्थित एक मनि ट्रान्सफरमा सोमबार दिउँसो नयाँ शैलीको लुटपाट भएको छ । एसिडको बोतल देखाएर दुई युवकले ३ लाख रुपैयाँ लुटेका छन्।

 

राजेन्द्र बस्नेतले कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल इन्टरप्राइजेज नामक मनि ट्रान्सफर कम्पनीमा लुटपाट भएकाे हाे । सोमबार दिउँसो पौने ४ बजे लुटपाट भएको थियाे ।  

 

इन्टरप्राइजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई उनीहरुले एसिड खन्याएर अनुहार बिगारिदिन्छु भन्दै पानीको बोतलमा केही तरल पर्दा देखाएर धम्काई नगद लुटेका हुन्।

 

महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीप क्षत्रीका अनुसार लुटपाटमा संलग्न २ युवक मास्क लगाएर त्यहाँ पुगेका थिए। 
पैसा लिएपछि विस्तारै उनीहरु त्यहाँबाट निस्किएका थिए। सो कम्पनीका कर्मचारीले हारगुहारसमेत मागेनन्। लुटपाटको दृश्य सीसी क्यामेरामा कैद भएको छ। 

 

पानीको बोतलमा एसिड रहेको भनेर धम्काउनु र कर्मचारीले सजिलै पैसा दिनुले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। साथै फरार अभियुक्तहरूकाे खाेसमेत भइरहेकाे प्रहरीले बताएकाे छ ।  

पानीकाे बाेतल