समाचार प्रदेश ३

राष्ट्रिय याेजना अायाेगकाे उपाध्यक्षमा डा. कँडेल

राष्ट्रिय याेजना अायाेगकाे उपाध्यक्षमा डा. कँडेल

काठमाडाैं । मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले राष्ट्रिय योजना आयोगकाे उपाध्यक्षमा डा.पुष्प कँडेललार्इ नियुक्त गरेकाे छ।

एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेल अर्थविद् हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।


यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राष्ट्रिय याेजना अायाेग